काठमाडौं । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरुमध्ये गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्ने लम्जुङ्गबाट सञ्चालनमा ल्याएको छ।
बैंकले यही जेठ २६ देखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो।
उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ्गले बंैकका कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका थिए।
हाल बैंकले नेपालभर १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८ हजार बढी पस टर्मिनल्स र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ।
तपाईंको प्रतिकृया




