काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । निर्धारित समयमा बस्न नसकेपछि बैठक आजै दिउँसो ३ः१५ बजे बस्ने गरी तय गरिएको । आज दिउँसो १ बजेका लागि बैठकको समय तय गरिएको थियो । तर, सत्तापक्ष र विपक्षी दलबीच सहमति जुट्न नसकेपछि बैठकको समय सारिएको हो।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभाको नियमावलीअनुसार सभामुख देवराज घिमिरेले नयाँ मिति तय गरेको जानकारी दिए।यद्यपि, अझै सहमति नजुटेकाले आज पनि नियमित बैठक चल्ने सम्भावना न्यून छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय छानबिनको माग गर्दै प्रतिपक्षी दलले सदन अवरोध गर्दै आएका छन्। सत्तापक्षले भने समिति नै आवश्यक नभएको बताउँदै आएका छन्।
तपाईंको प्रतिकृया




