राज लुईटेल यस वर्षको ‘राष्ट्रिय सेवा सम्मान’बाट सम्मानित

काठमाडौं । संचारकर्मी राज लुईटेल यस वर्षको ‘राष्ट्रिय सेवा सम्मान’ बाट सम्मानित भएका छन । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको एक कार्यक्रममा पूर्व मन्त्री आनन्द प्रसाद पोख्रेलले लुईँटेललाई राष्ट्रिय सेवा सम्मान गरेका हुन्।

विगत लामो समयदेखी सञ्चार क्षेत्रमा रही आधा दर्जन भन्दा बढी विभिन्न लोकप्रिय संचारमाध्यमहरु संचालन गरि एक सफल संचार उद्यमी तथा कुशल सञ्चारकर्मीको रुपमा स्थापित भैसकेका राजलाई सञ्चार क्षेत्रमा लामो समयदेखि युवा संचार उद्यमी एवं संचारकर्मी तथा कलाकारिता क्षेत्रमा निरन्तर निष्ठापूर्वक सक्रिय रहदै राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न संचार सेवामुलक तथा सामाजिक संघ संस्था मार्फत राष्ट्र विकास र सामाजिक सेवामा पुर्याउनुभएको योगदानको कदर गर्दै यस वर्षको राष्ट्रिय सेवा सम्मानद्वारा सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलले बताए ।

राष्ट्र खबर पत्रिका, रास्ट्रखवर डटकम, तथ्य खबरडटकम, बिचार खबरडट कम, पेजेन्ट नेपाल डटकम, रंगपेजडटकम, फेयर एक्सप्रेस पत्रिका लगायत लोकप्रिय संचारमाध्यमका प्रमुख रहेका राज विभिन्न इभेन्टहरु आयोजना गर्दै सफल इभेन्ट अर्गनाइजरको रुपमा समेत स्थापित भै सकेका छन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री