साफ महिला च्याम्पियनसीपको तयारी : समिति गठन गरी काम सुरु

मोरङ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विराटनगरमा हुने साफ महिला च्याम्पियन्सीप २०१८ को तयारी सुरु भएको छ । यसका लागि सचिवालय समिति र मैदान व्यवस्थापन समिति गठन गरेको छ । विराटनगमा आयोजना हुने साफ तयारीका लागि दुईवटा समिति गठन गरिएको एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले जानकारी दिए।

प्रवक्ता राईका अनुसार च्याम्पियन्सीपको समय नजिकिँदै गर्दा साफ च्याम्पियनसीपको तयारी अनुसार समितिद्वारा सचिवालय एन्फाका सह महासचिव बसन्त अर्यालको संयोजनमा पाँच सदस्यीय समिति गठन गरिएको छ । जसमा जिल्ला फुटबल संघ मोरङका महासचिव ओमप्रकाश मास्के, वरिष्ठ उपाध्यक्ष विमल राजभण्डारी, उपाध्यक्ष दिपेन्द्र तिवारी र सदस्य अभयकुमार राई रहेका छन् ।

त्यसैगरि, मैदान व्यवस्थापनका लागि फुटबल संघ मोरङका अध्यक्ष दिपेन्द्र धिमालको संयोजकत्वमा मधुसुदन खनाल, मदन काफ्ले, अरुण लामा र राजु थापा रहेका छन् ।

साफ च्याम्पियन्सीप तयारी समितिका संयोजक एवं एन्फाका केन्द्रीय उपाध्यक्ष पंकज विक्रम नेम्बाङले प्रदेश १ ले अन्र्तराष्ट्रिय प्रतियोगिता गर्ने सुनौलो अवसर पाएकोमा सबै मिलेर सफल बनाउन आग्रह गरे । साफ च्याम्पियनसीप प्रदेशसँगै विराटनगरका बाासीन्दाका लागि चुनौती र अवसर दुवै भएको उनले बताए ।

एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानियाँले साफको गरिमालाई सफल बनाउन सबैलाई समेट्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी एन्फाका सदस्य दीपक राईले च्याम्पियन्सीपका चुनौतीहरुलाई पहिचान गर्दै समन्वयमा कार्य गर्न आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित पदाधिकारीले अन्तर्राष्ट्रिय टोलीका लागि उचित होटलको ब्यवस्थापन, सुरक्षा अवस्था तथा भौतिक संरचनालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका थिए ।

महिला साफको पाँचौ संस्करण फागुन २८ गतेदेखि चैत ८ गतेसम्म विराटनगरमा हुँदैछ । च्याम्पियन्सीपमा आयोजक राष्ट्र नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस