काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकामा बिहीबार बिहान ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक युवकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत सुखड भालुफटामा भएको उक्त दुर्घटनामा २४ वर्षीय राधेश्याम चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा मोटरसाइकल चालक २१ वर्षीय शंकर चौधरी र पछाडि सवार २२ वर्षीय अर्जुन चौधरी घाइते भएका छन् । घाइतेमध्ये चालक शंकर चौधरीको उपचार मायामेट्रो अस्पताल, धनगढीमा भइरहेको छ भने अर्जुन चौधरीको घोडाघोडी अस्पतालमा उपचार जारी छ ।
प्रहरीका अनुसार से ६ प ४४३६ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा सोही दिशा तर्फ सडकको छेउमा बिग्रिएर रोकिराखिएको ट्र्याक्टर (सु.प.प्र. ०१-००२ त ५१५८) को इन्जिन नभएको ट्रलीमा ठोक्किएको हो । ठक्करका कारण गम्भीर घाइते भएका राधेश्यामलाई तत्कालै अस्पताल पुर्याइएको थियो तर उपचारको क्रममा उनको ज्यान गएको हो ।




