कान्तिलोकपथ चार दिनका लागि पूर्णरूपमा बन्द, बगुवामा बेलिब्रिज जोडिने

काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने महत्वपूर्ण कान्तिलोकपथ चार दिनका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ । बगुवा क्षेत्रको बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडानका लागि सडक बन्द गर्न लागिएको हो ।

मकवानपुर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भाेलि जेठ २१ गतेदेखि २४ गतेसम्म कान्तिलोकपथमा सवारी आवागमन रोक्ने निर्णय सार्वजनिक गरेको छ । यस अवधिमा काठमाडौं र हेटौंडाबीच चल्ने सबै प्रकारका सवारी साधन वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ । बेलिब्रिज जडान कार्य संवेदनशील र जोखिमयुक्त भएकाले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै चार दिन सडक बन्द गरिने निर्णय गरिएको हो ।

प्रशासनले यात्रु र सवारी चालकहरूलाई वैकल्पिक मार्गका रूपमा कुलेखानी-कलंकी-हुमाने सडक वा कुलेखानी-सिस्नेरी-फर्पिङ मार्ग प्रयोग गर्न सुझाव दिएको छ । यी वैकल्पिक मार्गहरू प्रयोग गर्दा केही समय बढी लाग्न सक्ने भएकाले यात्रुहरूले अग्रिम योजना अनुसार यात्रा तय गर्न प्रशासनले अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री