. सञ्चारिका समूह र अनलाइनखबरबीच ‘जेसी पोलिसी’बारे छलफल, सम्पादक बस्नेत सकारात्मक

काठमाडौं । मिडियामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) नीति निर्माणका लागि विभिन्न सञ्चारमाध्यममा अभियान सञ्चालन गर्दै आएको सञ्चारिका समूहले सोमबार अनलाइनखबरका सम्पादकसँग यस विषयमा छलफल गरेको छ ।

छलफलका क्रममा सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले अनलाइनखबरमा औपचारिक रूपमै जेसी नीति लागू गर्न अनुरोध गरेकी थिइन् । सो अवसरमा समूहकी महासचिव राधा खनाल र केन्द्रीय सदस्य कल्पना शर्माले पनि संस्थागत रूपमै जेसी नीति अवलम्बन गर्न सुझाव दिएका थिए ।

अनलाइनखबरका सम्पादक वसन्त बस्नेतले हाल औपचारिक नीतिको रूपमा लागू नभए तापनि कार्यालयभित्रका हरेक पक्षमा लैंगिक समानताको विषयमा विशेष ध्यान दिइँदै आएको स्पष्ट पारे । उनले यदि नीति बनेको खण्डमा त्यसलाई कार्यान्वयन गर्न कुनै समस्या नरहेको बताए ।

‘पोलिसी लागू गर्नका लागि हामीलाई समस्या छैन,’ सम्पादक बस्नेतले भने, ‘हामी अहिले पनि यो विषयमा संवेदनशील नै छौं । यदि पोलिसीको ड्राफ्ट बनाएर ल्याउनुहुन्छ भने हामी त्यसलाई हेरेर हाम्रा विषय पनि समावेश गरेर लागू गर्छौं ।’

सञ्चारिका समूहले मिडिया संस्थाहरूमा लैंगिकमैत्री तथा समावेशी वातावरण निर्माणका लागि यस्ता नीतिहरूको आवश्यकतामा जोड दिँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री