बिहे गर्ने उमेर घटाउनुपर्ने मन्त्री साहको सुझाव

जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले विवाहको कानुनी उमेर घटाउनुपर्ने धारणा राखेका छन्। शुक्रबार जनकपुरधाममा आयोजित ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्ययोजनासम्बन्धी मधेश प्रदेशस्तरीय राय–सुझाव कार्यक्रममा बोल्दै मन्त्री साहले सामाजिक, धार्मिक र अभिभावकीय चाहनालाई ध्यानमा राख्दै विशेषगरी केटीहरूका लागि विवाहको न्यूनतम उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाउनु उपयुक्त हुने बताए।

उनले भने, “हाल कानुनले केटीका लागि बिहे गर्ने उमेर २० वर्ष तोकेको छ। तर समाजमा रहेका व्यवहारिक पक्षलाई हेर्दा यो उमेर १८ वर्षमा झार्न आवश्यक देखिन्छ।” साथै उनले यसबारेमा संघीय संसदमा औपचारिक प्रस्ताव समेत पेस गरिसकेको जानकारी दिए।

कार्यक्रममा मन्त्री साहले विवाहको उमेर परिवर्तनसम्बन्धी कानुनी बहसलाई संवेदनशील रूपमा अघि बढाउनुपर्ने र बालबालिकाको हित सुनिश्चित गर्न कानुनी नीतिहरू यथार्थपरक बनाइनु पर्नेमा जोड दिएका थिए।

उनको यो भनाइले सामाजिक र कानुनी क्षेत्रका सरोकारवालाबीच छलफल र बहस थप चर्काउने देखिन्छ, किनभने बिहे गर्ने उमेर घटाउने विषय विगतमा पनि विवादास्पद रहँदै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री