ईभीमा कर नबढाउने निर्णय गरेर सही गरें : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले विद्युतीय सवारी साधन (इभी) को कर नबढाएर ठिक गरेको बताएका छन् । बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले ईभीमा कर नबढाएर सही निर्णय गरेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले भने, ‘ईभीमा कर नबढाएर ठिक गरेँ भन्ने लाग्छ । कर बढेन पनि ।’ उनले ईभी सवारी साधनको प्रयोगलाई वृद्धि गर्नेको लागि स्थिर नीतिको आवश्यक रहेको संकेत गरे ।

अर्थमन्त्री पौडेलले ईभीमा कर वृद्धि हुने भन्दै बजेटअघि ईभी सवारी साधनको आयात धेरै भएको थियो । तर व्यवसायीको सोच भन्दा फरक गरी ईभी सवारीको करलाई सरकारले यथावत् राखेको छ । उनले ईभी प्रवर्द्धनकै लागि बजेटमा विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधन चार्जिङ्ग मेसिन उत्पादन तथा एसेम्बल गर्ने उद्योगलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म आयकर छुट हुने व्यवस्था मिलाएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री