काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछाने संलग्न रहेको भनिएको मुद्दामा गत शुक्रबार दिएको आदेशको लिखित पाठमा भएको त्रुटि आइतबार सच्याएको छ ।
गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशलाई सदर गरेको थियो । तर, सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासले जारी गरेको उक्त आदेशको लिखित पाठमा ‘आदेश’ हुनुपर्नेमा भूलवश ‘फैसला’ शब्द उल्लेख भएको थियो ।
सोही शाब्दिक त्रुटिलाई सच्याउनका लागि आइतबार पेशी तोकिएको थियो । सर्वोच्च अदालतले आइतबार उक्त त्रुटि सच्याउँदै ‘फैसला’ को सट्टा ‘आदेश’ शब्द कायम गरेको हो ।
यससँगै उक्त मुद्दामा सर्वोच्च अदालतबाट जारी भएको आदेशको लिखित व्यहोरामा रहेको प्राविधिक त्रुटि सच्चिएको छ ।

तपाईंको प्रतिकृया



