काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायत बालुवाटार पुगेका हुन् ।
छलफलमा एमालेबाट उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् । गृहमन्त्री लेखकमाथि भिजिट भिसाका बारेमा लागेको आरोपका विषयमा छलफल हुने बताइएको छ ।
तपाईंको प्रतिकृया



