हवाई टिकट खरिदमा ‘ज्योति स्मार्ट’ एप प्रयोगकर्तालाई ५०० रुपैयाँ क्यासब्याक

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ज्योति स्मार्ट’ मार्फत हवाई टिकट खरिद गर्ने ग्राहकहरूका लागि आकर्षक क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ रु. ५०० क्यासब्याक सुविधा सहितको अभियान सार्वजनिक गरेको हो ।

बैंकले ‘ज्योति ५००’ प्रोमो कोड प्रयोग गरी एपमार्फत पहिलोपटक हवाई टिकट खरिद गर्ने ग्राहकहरूलाई प्रत्यक्ष रूपमा रु. ५०० को क्यासब्याक प्रदान गर्ने जनाएको छ । यो योजना ९ जेठदेखि सीमित अवधिका लागि लागू हुने बताइएको छ । बैंकका अनुसार देशभरका कुनै पनि एयरलाइन्सको टिकट खरिद गर्दा यो सुविधा प्रयोग गर्न सकिनेछ ।

बैंकले डिजिटल सेवा विस्तार र ग्राहक सुविधालाई प्राथमिकतामा राख्दै मोबाइल एप प्रयोगकर्तालाई सहज र सुरक्षित बैंकिङ सेवा दिन प्रयत्न गरिरहेको छ । डिजिटलाइजेसन अभियान अन्तरगत यस किसिमको योजना ग्राहक आकर्षणका लागि सञ्चालन गरिएको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निरन्तर योगदान दिंदै आएको छ । नवजात शिशुको जीवन रक्षा गर्न स्थापना गरिएका ५९ वटा ‘न्यानो नानी’ उपकरणमार्फत वर्षेनि दुई हजारभन्दा बढी शिशुको जीवन जोगाउन बैंकले भूमिका खेलेको उल्लेख गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री