काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ११ लाख १९ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।
यस आधारमा कम्पनीले कुल ११ करोड १९ लाख रुपैयाँ बराबरको आईपीओ जारी हुनेछ । आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
कम्पनीले ५ मेगावाट क्षमताको विद्युत उत्पादनका लागि अनुमति लिएको छ। उक्त परियोजनाको निर्माणका लागि आवश्यक पूँजी संकलन गर्ने उद्देश्यले कम्पनीले शेयर निष्काशन गर्न लागेको हो।
तपाईंको प्रतिकृया




