डा. विश्वनाथ पौडेल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त, अन्योलताको अन्त्य

काठमाडौँ । प्राध्यापक डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त हुनुभएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई उक्त गरिमामय पदमा नियुक्त गरेसँगै केन्द्रीय बैंकको नेतृत्वमा लामो समयदेखि व्याप्त अनिश्चितताको पटाक्षेप भएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो। उक्त समितिले डा. पौडेलसँगै कायममुकायम गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम गभर्नरका लागि प्रस्ताव गरेको थियो। मन्त्रिपरिषद्ले उक्त सिफारिसमध्ये पहिलो नम्बरमा रहनुभएका प्रा.डा. पौडेललाई नै केन्द्रीय बैंकको नेतृत्व सुम्पने निर्णय गरेको हो।

यस नियुक्तिसँगै गभर्नर पदलाई लिएर सत्ता गठबन्धनमा उत्पन्न हुन सक्ने भनिएको सम्भावित संकट समेत टरेको आकलन गरिएको छ। राष्ट्र बैंक जस्तो संवेदनशील निकायको नेतृत्वमा भएको यो नियुक्तिले मुलुकको आर्थिक तथा मौद्रिक क्षेत्रमा स्थिरता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री