ट्रयाक्टरको ब्रेक फेल हुँदा दुर्घटना, एकजनाको मृत्यु

दाङ । दाङमा ट्रयाक्टरको ब्रेक फेल भएर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । घोराहीबाट लमहीका लागि छुटेको लु १ त ९७०७ नम्बरको ट्रयाक्टर घोराही उपमहानगरपालिका–३ चौपट्टामा दुर्घटना हुँदा ट्रयाक्टरका सहयोगीको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा बर्दियाको घेरुवा गाउँपालिका – ५ का १६ वर्षे सन्तलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनमा घाइते भएका चौधरीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप