एक वर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै टन्ल्यान्ड जी७

काठमाडौँ । एक वर्ष लामो सफल परीक्षणपछि टन्ल्यान्ड जी७ अब नेपाली बजारमा सार्वजनिक हुने भएको छ। अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा कमाएको यो शक्तिशाली पिकअप गाडीलाई नेपालका जटिल र विविध सडक अवस्थालाई मध्यनजर गर्दै विशेष अनुसन्धान र परीक्षणपछि नेपाली उपभोक्ताका लागि उपलब्ध गराउने तयारी भइरहेको हो।

एमएडब्लू वृद्धिले वितरण गर्ने टन्ल्यान्ड जी७ ले देशभरका उबडखाबड, पहाडी तथा दुर्गम भूभागमा परीक्षण गरि आफ्नो क्षमताको प्रमाण दिएको छ। कम्पनीका अनुसार यो गाडीमा १६० हर्सपावरको इन्जिन र ३९० एनएम टर्क रहेको छ। २२५ मिमिको ग्राउन्ड क्लियरेन्स भएकाले अप्ठ्यारो सडकमा पनि सहज सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ।

सुरक्षाको पक्षमा पनि जी७ अत्याधुनिक प्रविधिले भरिएको छ। ‘हिल होल्ड कन्ट्रोल’, ‘हिल डिसेन्ट कन्ट्रोल’ जस्ता प्रणालीहरूले कठिन भूगोलमा पनि सन्तुलित नियन्त्रण दिन्छ। १२.३ इन्चको ‘इनफिनिटी टचस्क्रिन’, पुस–स्टार्ट बटन, पानोरामिक सनरुफ, र इलेक्ट्रिक रूपमा १२ तरिकाले मिलाउन सकिने हिटेड–भेन्टिलेटेड सिटहरूले यो गाडीलाई लक्जरी र प्रविधिको संगम बनाएको छ।

तापक्रम सन्तुलनका लागि अटोमेटिक एयर कन्डिसनिङ सुविधा जडान गरिएको छ। कम्पनीका अनुसार टन्ल्यान्ड जी७ केवल एउटा पिकअप होइन, यो एक यस्तो गाडी हो जसले शक्ति, सुरक्षा र आधुनिकता एकैसाथ प्रदान गर्छ।

एमएडब्लू वृद्धिले यसलाई नेपाली पिकअप बजारमा नयाँ मापदण्डको रूपमा हेरेको छ र उपभोक्तालाई नयाँ अनुभवको निम्ति आमन्त्रण गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री