एक करोड ५० लाख बराबरको जरिवाना भएको मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीले एक करोड ५० लाखबराबरको जरिवाना भएको मुद्दाका फरार रहेका एकजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३० बस्ने ४७ वर्षीय अमित अग्रवाललाई पक्राउ गरिएको हो ।

काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भइ फरार रहेका थिए । खोजी गर्ने क्रममा मंगलबार काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको छ ।

उनीमाथि बैंकिङ कसुर र चेक अनादर मुद्दामा जरिवाना भएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री