प्रतितोला १७ सय बढ्यो सुनको मूल्य

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा एक हजार ७०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९६५ मा बेचबिखन भइरहेको छ ।

मङ्गलबार प्रतितोला सुन एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप