दयाहाङको ‘दयारानी’ को फस्टलुक सार्वजनिक

काठमाडौँ । अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘दयारानी’ को फस्टलुक सार्वजनिक भएको छ । २०७६ सालको जेठ १० मा प्रदर्शन मिति तय गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा दयाहाङ र नायिका दीया पुन देखिएकी छन् ।

मोओत्से गुरुङको निर्देशनमा तयार भएको ‘दयारानी’ गुरुङ समुदायको दयालु युवतीको कथा प्रस्तुत गर्नेछ । फिल्ममा दया र दीयासँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ टीकाराम घले लगायतको कलाकारको अभिनय रहने छ ।

‘दयारानी’ लाई निर्देशक गुरुङले नै लेखेका छन् । रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्माता रहेका छन् ।

सिनेमा आर्ट्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको लगानी रहेको छ । चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र बन्यो ‘बोक्सीको घर’

काठमाडौँ । यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ …

प्रतिकृया दिनुहॊस