नेप्सेमा झिनो सुधार, कारोबार रकम पनि सामान्य बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १.०३ अंकले बढेर दुई हजार ६११.४३ विन्दुमा बन्द भएको हो ।

त्यसैगरी, आज कारोबार रकम पनि बढेको छ । आज कूल २ करोड ५ लाख ४२ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार आज १२० वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १२६ वटा कम्पनीको मूल्य घटेको छ।

त्यसैगरी, आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार सानिमा माई हाइड्रो पावरको भएको छ। सो कम्पनीको मात्र ९२ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप