बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ५ सय रुपैयाँले बढेको हो ।

आज सुन एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदी एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री