टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्‍यो ‘फ्यामिली पेयरिङ’ फिचर

काठमाडौं । टिकटकले नेपालमा आफ्ना कलिला युजरहरूका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवर्द्धन गर्न परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले आफ्नो नयाँ ‘फ्यामिली पेयरिङ’ फिचर सुरु गरेको छ। यस फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर (किशोर/किशोरी) को टिकटक एकाउंटलाई आफ्नो एकाउंटसँग जोड्न सक्नेछन्, जसले गर्दा उनीहरूलाई सेफ्टी सम्बन्धी धेरै विकल्पहरूमा पहुँच मिल्नेछ। यसबाट परिवारका सदस्यहरूबीच जिम्मेवार र सुरक्षित इन्टरनेट प्रयोगको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फ्यामिली पेयरिङ फिचर सुरु गर्नको लागि टिकटकको सेटिङ्स एण्ड प्राइभेसी मेनुमा गएर क्यूआर कोड स्क्यान गरेर अकाउन्टहरू आपसमा जोड्न सकिन्छ। एकचोटि अकाउन्ट जोडिएपछि अभिभावकहरूले आफ्ना छोराछोरीको फोन नछोइकनै आफ्नै मोबाइलबाट सिधै सुरक्षासम्बन्धी सेटिङहरू परिवर्तन गर्न सक्नेछन्।

फ्यामिली पेयरिङमा १५ भन्दा बढी सुरक्षा, गोपनीयता र डिजिटल वेल-बिइंगसँग सम्बन्धित कस्टमाइजेबल फिचरहरू छन् जसलाई अभिभावकले आफ्ना छोराछोरीको टिकटक अनुभव अनुसार मिलाउन सक्नेछन्। जस्तै यसमा दैनिक स्क्रीन टाइम सीमित गर्ने, मेसेजिङ र कमेन्ट रोक्ने, उमेरअनुसारको कन्टेन्ट देखिने बनाउने, एकाउंट खोज्न मिल्ने या नमिल्ने बनाउने, सर्च सेटिङ कन्ट्रोल गर्नेजस्ता फिचरहरु रहेका छन्।

यो फिचरले परिवारका लागि मानसिक शान्ति दिनेछ, किनभने यसले किशोर (टिन) प्रयोगकर्ताको सुरक्षा मात्र नभई उनीहरू र अभिभावकबीच डिजिटल व्यवहारका बारेमा हुने खुला संवादलाई पनि प्रोत्साहन गर्छ। यो आउँदै गरेको पुस्ताका लागि सुरक्षित र सोचविचार गरेर इन्टरनेट चलाउने वातावरण बनाउनका लागि एक महत्वपूर्ण कदम हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री