कञ्चनपुरमा चट्याङले गर्भवती महिलाको ज्यान गयो, श्रीमान गम्भीर घाइते

काठमाडौं ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा आइतबार दिउँसो परेको चट्याङले एक गर्भवती महिलाको ज्यान लिएको छ भने उनका श्रीमान गम्भीर घाइते भएका छन् ।

स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिएका छन्। मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना चट्याङ लागेर गम्भीर घाइते अवस्थामा छन्।

बस्नेतका अनुसार राना दम्पती दोदा नदी किनारमा तरबुजा टिप्न गएका बेला चट्याङको चपेटामा परेका हुन् । “हाम्रो प्रहरी टोली घटनास्थलमा पुगेको छ,” निरीक्षक बस्नेतले भने, “हाल घटनाको विस्तृत विवरण संकलन तथा अनुसन्धानको कार्य जारी छ।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री