समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ताको घोषणा गरेको छ।

शुक्रबार संसदको संयुक्त सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साना बचतकर्ताको बचत फिर्ता गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कोष खडा गरिने घोषणा गरेका छन्। सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गरिने घोषणा पनि राष्ट्रपति पौडेलले गरे ।

सहकारी ऋण असुली न्यायाधीकरण स्थापना गरिने घोषणा पनि उनले गरेका छन् । सहकारी तथ्यांक प्रणालीलाई व्यवस्थापनलाई विद्युतीय सूचना प्रणाली स्थापना गर्ने घोषणा पनि सरकारले गरेको छ ।

‘समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिनेछ,’ राष्ट्रपति पौडेलमार्फत प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री