रेमिट्यान्समा बढ्दो निर्भरता: जीडीपीको २५.८९% हिस्सा वैदेशिक आम्दानीबाट

काठमाडौं । नेपालमा वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण (रेमिट्यान्स) को राष्ट्रिय अर्थतन्त्रमा योगदान झनै बढ्दै गएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा रेमिट्यान्सको हिस्सा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २५.८९ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।

बुधबार सार्वजनिक आर्थिक लेखा तथ्यांक प्रतिवेदनमा उल्लेख अनुसार, यो अघिल्लो आर्थिक वर्षभन्दा पनि उल्लेखनीय वृद्धि हो। अघिल्लो वर्ष २०८०/८१ मा जीडीपीको २५.३२ प्रतिशत विप्रेषणमार्फत आएको संशोधित आँकडा देखाइएको छ। त्यसको अघिल्लो वर्ष २०७९/८० मा यो हिस्सा २३.१२ प्रतिशत थियो।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले निर्णायक भूमिका खेलेको तथ्यांकले पुनः पुष्टि गरेको छ। विशेषतः खाडी मुलुकहरू, मलेसिया, कोरिया र केही युरोपेली राष्ट्रहरूमा कार्यरत नेपालीले पठाएको विप्रेषणले देशको उपभोग, आयात, तथा ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री