काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली सुन बजारमा मूल्यवृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य आज प्रति तोला ५ सय रुपैयाँले बढेर एक लाख ८८ हजार ८ सय रुपैयाँमा पुगेको छ ।
सुनको मूल्यमा आएको यो उछाल सोमबारको तुलनामा हो, जहाँ प्रति तोला दर एक लाख ८८ हजार ३ सय रुपैयाँमा थियो ।
तर चाँदीको बजारमा भने कुनै परिवर्तन देखिएको छैन । महासंघका अनुसार, चाँदी आज पनि अघिल्लो दिनको मूल्य अनुसार, प्रति तोला एक हजार ९७० रुपैयाँमा नै स्थिर छ ।
तपाईंको प्रतिकृया




