काठमाडौं । काठमाडौं । हिमालयन बैंकको बत्तीसपुतलीस्थित साबिकको शाखा स्थानान्तरण गरी बत्तीसपुतलीको राममन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट आइतबारदेखि बत्तीसपुतली शाखाकै नामबाट बैंकिङ सेवा सञ्चालनमा ल्याइएको छ । शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले गर्नुभएको थियो ।
हाल बैंकले देशभर फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २८४ एटिएम, आठ हजारभन्दा बढी पस टर्मिनल र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
तपाईंको प्रतिकृया



