काठमाडौं । मानव बेचबिखन मुद्दामा पक्राउ परेर फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलिया शहरबाट पक्राउ गरिएको छ । शनिबार जिल्ला सरकारी वकिलको कार्यालयमा म्याद थपको लागि लाँदै गर्दा दमाइ हतकडीसहित फरार भएकी थिइन् ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टका अनुसार, दमाइलाई पलिया नगरमा लुकिरहेको बेला पक्राउ गरिएको हो । ‘उनी भारतको पलियामा लुकेको अवस्थामा भेटिइन् र त्यहाँबाट प्रहरीले उनलाई पक्राउ गरेको छ,’ एसपी विष्टले भने ।
दमाइलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लाने क्रममा भागेपछि प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको छ । फरार थुनुवा महिला अहिले अनुसन्धानको लागि नेपाल ल्याउन तयारी भइरहेको छ ।
तपाईंको प्रतिकृया




