काठमाडौं । आजका लागि तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् सम्बोधन अन्तिम समयमा आएर स्थगित गरिएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिँदै विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अनुपस्थितिका कारण सम्बोधन स्थगित गरिएको बताएका हुन् ।
बर्तौलाका अनुसार प्रधानमन्त्रीको सम्बोधनका बेला विपक्षी दललगायत सबै प्रमुख नेताहरूको उपस्थिति हुने परम्परा रहिआएको छ । तर, आज विपक्षी नेता प्रचण्ड संसद्मा उपस्थित हुन नसक्ने भएपछि सम्बोधनलाई अर्को मितिमा सारिएको हो ।
आज दिउँसो १ बजेबाट सुरु हुने संसद्को बजेट अधिवेशनको पहिलो दिनमै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरिएको थियो । तर, विपक्षीको अनुपस्थितिका कारण उक्त कार्यतालिका परिवर्तन गरिएको हो ।
तपाईंको प्रतिकृया




