गोरखा । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै चुनावमा गरेका वाचा नबिर्सेको बताएका छन्उर ।
कार्यपालिका सदस्य तथा गाउँपालिका अध्यक्ष विष्णु भट्टले बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या उठाउँदै गर्दा अध्यक्ष प्रचण्डले जवाफ दिँदै भने, ‘चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन । सरकारले हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरियो । जे सकियो, गर्यौं, त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्छ। अहिलेसम्म उठाइएका प्रश्नहरू म प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसद्मा समेत उठाउँदै आएको छु ।’
उनले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई क्षेत्रीय भेदभाव नगर्न अनुरोध गरे । ‘यहाँ केही समयमा गुनासो पनि आउने गरेको छ। तपाईंहरूले उठाएका माग–आवश्यकतालाई विकास कार्यमा प्राथमिकतामा राख्न अपिल गर्दछु,’ अध्यक्ष प्रभण्डले भने ।
मुख्यमन्त्री पाण्डेले अध्यक्ष प्रचण्डसँग सहकार्य गर्दै प्रदेश सरकारका योजनाहरू सबै स्थानीय तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकमा स्थानीय जनप्रतिनिधिहरूले ढुंगा, गिटी र बालुवा निकासी भए पनि त्यसको राजस्व सङ्कलन नहुँदा जनप्रतिष्ठानमा दरार आएको गुनासो पोखे ।
यसप्रति प्रचण्डले जवाफ दिँदै भने, ‘राजस्व सङ्कलन र पारदर्शितालाई सुशासनको आधार मानेर अघि बढ्नुपर्छ । कानुन निर्माण र कार्यान्वयनमा प्रदेश सरकारको सक्रिय सहयोग अनिवार्य छ ।’
अध्यक्ष प्रचण्डले सुशासन र पारदर्शितालाई विकासको मापदण्ड बनाएर सबै राजनीतिक दल र जनप्रतिनिधि एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।




