काठमाडौं । वाइ वाइ चाउचाउले ‘थोक बिक्रेता उपहार योजना’अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका सञ्चालक रामेश्वर तिवारीले नेटा भी कार जितेका छन्। तिवारीलाई वाइ वाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बुधबार ललितपुरमा आयोजित विशेष कार्यक्रममा कार हस्तान्तरण गरेको कम्पनीले जनाएको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका थोक बिक्रेताहरुलाई लक्षित गर्दै सञ्चालन गरिएको थोक बिक्रेता उपहार योजनाअन्तर्गत प्रत्येक ५० कार्टुन वाइ वाइ चाउ चाउ खरिद गर्दा थोक बिक्रेताहरुलाई पहेँलो कुपन र ५०० कार्टुन खरिद गर्दा हरियो कुपन प्रदान गरिएको थियो।
यसबाट थोक बिक्रेताहरुले लक्की ड्रमा समावेश हुने अवसर पाएका थिए। यसमार्फत भाग्यशाली थोक बिक्रेताहरुले नेटा भी गाडी, हिरो एक्सपल्स मोटरसाइकल, एलजी टेलिभिजन, एलजी फ्रिज, शाश्वत धाम घुम्ने प्याकेज, स्मार्ट वाच जस्ता उपहार जित्न सक्ने वाइ वाइले घोषणा गरेको थियो।
नेटा भी कार जितेका तिवारीले भने, “वाइ वाइ अहिले प्रत्येक नेपालीको पहिलो रुचिको चाउचाउ बनिसकेको छ। यो पुरस्कारप्रति म निकै आभारी छु। यस्तो हौसलाले थोक बिक्रेताहरुलाई अझै प्रेरित गर्छ।”
यही योजनाअन्तर्गत काठमाडौंको केएबि स्टोर, राम एण्ड गणेश स्टोर र हाम्रो स्टोर, भक्तपुरको उज्वल स्टोर र ललितपुरका प्रकाश प्रधानले हिरो एक्सपल्स मोटरसाइकल जितेका छन्। त्यस्तै, उपत्यकाका ५ थोक बिक्रेताले ५५ इन्चको एलजी टिभी, १० थोक बिक्रेताले एलजीको फ्रिज, ५० जनाले साश्वतधाम भ्रमण प्याकेज र ७० जनाले स्मार्ट वाच जितेका छन्।
कार्यक्रममा बोल्दै वाइ वाइका सीईओ पुडासैनीले वाइ वाइको सफलताको श्रेय नेपाली उपभोक्ताको वाइ वाइ प्रतिको माया र वितरण सञ्जालमा संलग्न सबै साझेदारलाई जाने बताए। “हामी वाइ वाइमा ग्राहक, थोक बिक्रेता र खुद्रा बिक्रेताप्रति प्रतिबद्ध छौं। गुणस्तरीय उत्पादनमा निरन्तर ध्यान दिने र उपभोक्ताको आकांक्षा सम्बोधन गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।




