नेप्से परिसूचकमा हल्का सुधार, २.०८ अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक बिहीबार हल्का सुधार देखिँदै २.०८ अंकले वृद्धि भएको छ। लगातार केही दिनको गिरावटपछि बजार २,६५८.०२ विन्दुमा पुगेर बन्द भएको हो।

आजको कारोबार पनि अघिल्ला दिनको तुलनामा केही बढेको देखिन्छ। कूल १ करोड ९७ लाख ५४ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँमा पुगेको छ।

नेप्सेका तथ्याङ्क अनुसार, आज ८३ वटा कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने १६१ कम्पनीका सेयर घटेका छन्। एक कम्पनीको सेयर मूल्य यथावत् रहेको छ।

आजको विशेषतामा, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैबीच, सबैभन्दा बढी कारोबार भएको कम्पनी भने ङादी ग्रुप पावर रहेको छ। सो कम्पनीको मात्र सेयर कारोबार ७० करोड ३४ लाख रुपैयाँ बराबरको भएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री