कैलाली : २१ वर्षीया युवतीमाथि बलात्कारको आरोपमा युवक पक्राउ

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका-३ स्थित झालमा २१ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका एक युवक पक्राउ परेका छन् । पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले २१ वर्षीय सन्जु दमाईलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार घटना युवतीकै घरमा भएको हो । दमाईमाथि पीडित युवतीको घरको माथिल्लो तलामा जबरजस्ती करणी गरेको आरोप लागेको छ । पीडित र आरोपी दुवै एउटै गाउँका हुन्, जसका कारण घटनापछि गाउँमा तनाब उत्पन्न भएको छ ।

डीएसपी बोहराले बताएअनुसार, पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको हो । ‘हामीले घटनास्थलको निरीक्षण गरेका छौं र पीडितको स्वास्थ्य परीक्षण पनि गराइएको छ,’ उनले भने, ‘घटनासम्बन्धी थप प्रमाण संकलन गर्ने काम भइरहेको छ ।’

स्थानीय समुदाय र महिला अधिकारकर्मीहरूले घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री