रामादा एन्कोर र इम्प्याक्ट एसबीच सहकार्य

काठमाडाैं । रामादा एन्कोर र इम्प्याक्ट एसबीच हस्पिटालिटी क्षेत्रको नेतृत्व विकासका लागि सहकार्य गर्ने समझदारी भएको छ। बुधबार रामादा एन्कोरका प्रबन्ध निर्देशक महेश फुँयाल र इम्प्याक्ट एसका सहसंस्थापक जर्मन नागरिक किम बाडेन र कोविद पन्थीले संयुक्त रुपमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

इम्प्याक्ट एसले हस्पिटालिटी क्षेत्रका नेतृत्वकर्तालाई तालिम प्रदान गर्दै आएको छ। अमेरिकामा प्रधान कार्यालय रहेको इम्प्याक्ट एसको श्रीलंका र दुबईमा पनि कार्यालय छ। कम्पनीका सहसंस्थापक कोविद पन्थीले भने, ‘हामीले होटलहरुको अध्ययन गरेर त्यसको आवश्यकताअनुसार तालिम र गोष्ठी गर्दै आएका छौँ। नेतृत्वको क्षमता विकाससँगै हामीले के सुधार भएमा आतिथ्यता बढ्छ र बढाउन सक्छौं भनेर काम गर्छौं।’

इम्प्याक्ट एसले यसअघि नेपालका मारियट होटल, याक एन्ड यति होटल, क्राउन प्लाजा काठमाडौँ (सोल्टी) लगायतका होटलमा समेत सम्झौता गरेर काम गरेको छ।

इम्प्याक्ट एसले नेपाली हस्पिटालिटी उद्योगमा दीर्घकालीन परिवर्तन ल्याउने उद्देश्यसहित काम गरेको उनले बताए। विन्डहम समूहले ठमेलमा सञ्चालन गरेको रामादा होटलका महाप्रबन्धक महेश फुँयालले नेतृत्व विकासमा गरिएको यो लगानीले सेवा र अनुभव थप प्रभावकारी बनाउने अपेक्षा राखेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री