जम्मूकश्मीरमा मारिएका न्यौपाने बुटवलका भएको पुष्टि, आमालाई लिएर घुम्न गएका थिए

काठमाडौं । भारतको जम्मूकश्मीरस्थित पहलगाम क्षेत्रमा मंगलबार भएको आतंकवादी आक्रमणमा परि एक नेपाली युवाको मृत्यु भएको छ । आक्रमणमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-१४ निवासी २७ वर्षीय सुदीप न्यौपानेको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको हो ।

सुदीप धरानस्थित एक कलेजमा पब्लिक हेल्थ विषयमा अध्ययनरत थिए । उनी हाल आमा रिमा पाण्डेसँग बुटवल-११, कालिकानगरमा बस्दै आएका थिए । उनी केही दिनका लागि आफ्नी आमा, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्ले सहित घुमघामका लागि कश्मीर गएका थिए । तर, सोही यात्राका क्रममा उनी आक्रमणको शिकार बनेका हुन् ।

सुदीपसँगै कश्मीर पुगेका अन्य आफन्त भने सकुशल रहेको वडाध्यक्ष तथा सुदीपका काका दधिराम न्यौपानेले जानकारी दिए । उनकाअनुसार शवलाई कश्मीरबाट दिल्ली हुँदै काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री