छात्रामाथि यौन दुर्व्यवहार गर्ने बोर्डिङ स्कुलका शिक्षक पक्राउ

काठमाडौं । सङ्खुवासभामा बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको सदरमुकाम खाँदबारीस्थित सूर्य सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत बिवेक खत्री बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार चैनपुर नगरपालिका-३, सिद्धकाली घर भएका खत्रीले आइतबार बिहान करिब १ बजे विद्यालयको छात्रावासमा एक छात्रालाई आफू सुत्ने कोठामा बोलाई अनुचित व्यवहार गरेका थिए । प्रभावित बालिकाको उजुरीपछि प्रहरीले खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । खत्री हाल सोही विद्यालयको छात्रावासमा बस्दै आएका थिए ।

यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ । जिल्ला अदालत, चैनपुरबाट पाँच दिनको म्याद थप अनुमति लिइसकिएको र उनलाई बाल यौन दुर्व्यवहार सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री