काठमाडौं । कुमारी बैंकले खाता खोलेर परिचयपत्रको विवरण नबुझाएका ग्राहकहरुको खाता रोक्का गर्ने भएको छ।
माघ १ पछि खाता खोलेका खातावालहरूलाई असार मसान्तसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण उपलब्ध गराउन भनेको छ। बैंकले त्यसयता खोलेका खातावालहरूलाई पनि ९० दिनभित्र विवरण उपलब्ध गराउन भनेको हो।
असार मसान्तसम्म विवरण उपलब्ध नगराएमा बैंकले त्यस्ता खातावालहरुको बैंक खाता रोक्का राख्ने जनाएको छ ।
तपाईंको प्रतिकृया




