काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सुशीला रोकालाई ‘सरल सावधिक जीवन बीमा योजना’ को प्रोडक्ट एम्बासडर (सद्भावना दूत) २०२५ घोषणा गरेको छ । रोका कम्पनीको मासिक स्किमअन्तर्गत देशभरका अभिकर्तामध्येबाट उत्कृष्ट व्यवसाय गरी ‘सरल सावधिक जीवन बीमा’ योजना को सद्भावना दूत हुन सफल भएका हुन् ।
सोही कार्यक्रममा कम्पनीले उहाँको ब्यानर र प्रचार सामग्री अनावरण गरेको छ । जसबाट अभिकर्तामाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भई काम गर्न प्रेरणा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीले आफ्ना अभिकर्तालाई बीमा सेवाको ज्ञान, दक्षता र व्यक्तित्व विकास गर्दै बीमितलाई सरल, सहज र स्तरीय सेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै जाने बताए ।
तपाईंको प्रतिकृया




