शंखरापुरमा खुकुरी प्रहारबाट महिलाको ज्यान गयो, पति फरार

काठमाडौं । काठमाडौँको शंखरापुर नगरपालिका-९, सानागाउँमा डेरामा बस्दै आएकी एक महिलाको खुकुरी प्रहारबाट हत्या भएको छ । सिन्धुली माइती भएकी पुतली तामाङको हत्या उनका श्रीमान् पदमबहादुर तामाङले गरेको आशंका गरिएको छ । रामेछापको खाँडादेवी गाउँपालिका-७ स्थायी घर भएका ५८ वर्षीय पदम घटनापछि फरार छन् ।

प्रहरीका अनुसार बिहीबार राति साढे ९ बजेतिर विवादको क्रममा पदमले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए । घटनास्थलमा मृतकका ११ वर्षका छोरा र १० वर्षीया छोरी पनि घाइते अवस्थामा फेला परेका छन् । उनीहरूलाई अहिले उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

पुतली तामाङको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एक अधिकृतले जानकारी दिए । फरार रहेका पदमबहादुरको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री