काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा सुशिला रोकालाई ‘सरल सावधिक जीवन बीमा योजना’ को प्रडक्ट एम्बासडर (सद्भावनादुत) २०२५ घोषण गरेको छ ।
सुशिला रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरू मध्येबाट उत्कृष्ट व्यवसाय गरि ‘सरल सावधिक जीवन बीमा’ योजना को सद्भावनादुत हुन सफल भएकी हुन् । यसै कार्यक्रममा कम्पनीले उनको ब्यानर र प्रचार सामाग्री अनावरण गरेको छ । यसले अभिकर्ताहरूमाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भई काम गर्न प्रेरणा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीले आफ्ना अभिकर्ताहरूलाई बीमा सेवाको ज्ञान र दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरियसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिदैजाने बताए ।




