कमला पन्थी सञ्चारिका समूहको अध्यक्षमा विजयी, कल्पना शर्मालाई लोकप्रिय मत

काठमाडौं । सञ्चारिका समूहको नवौं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा कमला पन्थी १४९ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिस्पर्धी पवित्रा सुनुवारले ८७ मत प्राप्त गरिन् ।

प्रमुख निर्वाचन अधिकृत शिव गाउँलेका अनुसार उपाध्यक्षमा वसन्ती बास्तोला, सचिवमा उर्वशी बस्न्यात, कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएका छन् । महासचिव पदमा भने राधा खनाल सर्वसम्मत रूपमा चयन भइन् ।

सदस्य पदतर्फ कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजवी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी भएका छन् । शर्मालाई लोकप्रिय मत प्राप्त भएको छ । उनले निर्वाचित पदाधिकारी/सदस्यहरूमा सबैभन्दा धेरै १८२ मत ल्याएकी हुन् ।

सञ्चारिका समूहको यो नयाँ नेतृत्वले संस्था सशक्तीकरण, महिला सञ्चारकर्मीको हकहित संरक्षण र समावेशी मिडिया विकासतर्फ नयाँ गति दिने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप