रास्वपाको केन्द्रीय समितिको बैठकमा गइनन् सुमना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा केही बेर अघिबाट बैठक सुरु भएको हो ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको कार्यबहाक प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुनेछ ।

बैठकमा सहमहामन्त्री सुमना श्रेष्ठ भने सहभागी छैनन् । उनले पदबाट राजीनामा दिइसकेकी छन् । आजको बैठकमा सुमनाको राजीनामाबारे पनि छलफल हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री