शर्मिला वाइबामाथि काठमाडौंको बौद्धमा रड प्रहार

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबामाथि बुधबार साँझ काठमाडौँको बौद्धमा रड प्रहार भएको छ । घटनामा वाइबा घाइते भएकी छन् र हाल उनी बौद्धस्थित स्तुपा अस्पतालमा उपचाररत छिन् । उनको टाउकोमा चोट लागेको छ ।

शर्मिला वाइबा सामाजिक सञ्जालमार्फत चर्चामा आइरहने नाम हो । आफूलाई अभियन्ता बताउने उनी अरूको पारिवारिक मामिलामा खुलेर बोल्ने र हस्तक्षेप गर्ने स्वभावकी थिइन् ।

यसअघि पनि आफूलाई सामाजिक अभियन्ता बताउने पुण्य गौतममाथि दुर्गा प्रसाईं समर्थकहरूले रड आक्रमण गरेका थिए । वाइबा र गौतम दुवै युट्युब र सामाजिक सञ्जालमा भाइरल भएका अनुहार हुन्, जसले विभिन्न विवादमा नाम जोड्दै आएका छन् । हालसम्म वाइबामाथि आक्रमण कसले र किन गर्‍यो भन्ने खुल्न सकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री