काठमाडाैं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य बढेको छ । आज नेप्से परिसूचक ७ अंकले बढेर दुई हजार ६९६.२३ विन्दुमा बन्द भएको हो ।
त्यसैगरी आज कारोबार रकम भने घटेको छ । आज कूल १ करोड ६६ लाख ११ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेका अनुसार आज १४७ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने ९७ वटा कम्पनीको मूल्य घटेको छ। दुईवटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
त्यसैगरी, आज कर्पोरेट डेभलपमेन्ट बैंक, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावरको भएको छ। सो कम्पनीको मात्र ५९ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
तपाईंको प्रतिकृया



