गगन फर्किएपछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको बाराको भ्रमण सकिएपछि मात्र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको छ ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार महामन्त्री थापा आज कांग्रेस क्षेत्र नं. ३ द्वारा आयोजित क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिमरा प्रस्थान गर्दैछन् । जीतपुर सिमरामै आयोजना हुने उक्त कार्यक्रममा सहमहामन्त्री फर्मुला मनसुरसहित अन्य नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम समापनपछि मात्रै महामन्त्री थापा काठमाडौं फर्किने छन् । उनकै उपस्थितिपछि नेकपा एमाले र नेपाली कांग्रेसबीच समन्वयका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नेछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप