काठमाडौं । हाल देशभर स्थानीय वायुप्रवाहको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको असरले गर्दा कोशी, मधेस, बागमती, गण्डकी प्रदेश लगायत पहाडी भूभागहरूमा मौसम आंशिकदेखि सामान्य रूपमा बदली भएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
दिउँसोको स्थिति:
-देशका पहाडी भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
-पहाडी क्षेत्रका थोरै स्थानहरू र अन्य भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
-उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्छ ।
रातिको अवस्था:
-कोशी प्रदेशसहित अधिकांश पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहन सक्छ ।
-बाँकी भूभाग भने मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
-कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा उच्च भागमा हल्का हिमपातको सम्भावना यथावत छ ।
यस्तो मौसमले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले मौसमअनुसारको तयारी गर्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।



