नेपाल-चीन सीमामा फेरि भूकम्प, उत्तरी भू-भागमा धक्का महसुस

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । नेपाल-चीन सीमावर्ती क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४:०५ बजे गएको भूकम्पले नेपालको उत्तरी भूभागमा कम्पन ल्याएको हो ।

काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको सिगात्से क्षेत्र अन्तर्गत दिङ्गी काउन्टीमा रहेको थियो । भूकम्पको म्याग्निच्युड ५.० मापन गरिएको छ । केन्द्रविन्दु नेपाली सीमा क्षेत्रबाट करिब १८ किलोमिटरको दूरीमा रहेको थियो ।

सिगात्से क्षेत्र, विशेष गरी दिङ्गी काउन्टी, विगत केही महिनायता भूकम्पीय गतिविधिले प्रभावित हुँदै आएको छ । पुस २३ गते ७.० म्याग्निच्युडको ठूलो भूकम्प र फागुन २४ गते ५.९ म्याग्निच्युडको अर्को भूकम्प यहीं गएको थियो । ती भूकम्प र त्यसपछिका परकम्पहरूले जनधनको क्षति पनि पु-याएको थियो ।

भूकम्पपछि परकम्पहरूको शृंखला अझै जारी रहँदै आएको छ, जसले क्षेत्रीय जोखिमलाई झनै चर्काएको छ । नेपाल स्वयं भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा चिनिन्छ । यही वैशाख २ गते पनि जाजरकोट केन्द्रविन्दु भएर एकै दिन दुईपटक भूकम्प गइसकेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप