एनएमबी बैंकमा १५ लाखसम्मको ऋण बिनाधितो पाइने, ब्याज भने ७%, बीमा सुविधाको बचत खाता

काठमाडौं। एनएमबी बैंकले ७ प्रतिशत व्याजदरमा सहुलियतपुर्ण कर्जा उपलब्ध गराउने अाज भएकाे कार्यक्रममा जानकारी दिएकाे छ। बैंकले ८ वटा व्यासायलाई लक्षित गर्दै बिना धितो व्यावसायिक योजनाका आधारमा अधिकतम १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने जनाएकाे छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले, बैंकले देशको आर्थिक विकास तथा व्यापार घाटा कम गर्नका लागि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने योजना बनाएको  उल्ल्ख गरे ।

बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या आयात कम नभएसम्म समाधान नहुने वताए ।  उनले रेमिट्यान्सको पैसा  विलासिताका क्षेत्रमा खर्च हुने बेलासम्म बचत नहुने वताए । देशको आन्तरिक उत्पादन बढाउन बैंकले ८ वटा व्यावसायिक क्षेत्रमा कर्जा प्रवाह गर्ने योजना बनाएको केसीले जानकारी दिदै बैंकले व्यवसायिक कृषि तथा पशुपन्छीका लागि एक जनालाई १० लाख रुपैयाँसम्मको ऋण दिने समेत प्रष्ट पारे ।

ती याेजनाहरुमा शिक्षित युवा स्वरोजगारका लागि ७ लाख रुपैयाँसम्म, वैदेशिक रोजगारबाट फर्किएकाको युवा परियोजनामा १० लाख रुपैयाँसम्म, दलित समुदायको व्यवसाय विकासका लागि १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाको लागि ५ लाख रुपैयाँसम्म, भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि ३ लाख रुपैयाँसम्म र महिला उद्यमशिलताका लागि १५ लाख रुपैयाँसम्म उपलब्ध रहेका छन् ।

बैंकले महिलाहरुको लागि कृषिका लागि आवसश्यक पर्ने जति खर्च कर्जाको रुपमा उपलब्ध गराउने गरी’अग्रणी महिला कृषि कर्जा’ संचालनमा ल्याएको छभने  यसका लागि धितो आवश्यक पर्दछ।

यसका साथै बैंकले निक्षेपकर्ताहरुलाई थप सुविधा प्रदान गर्नेगरी एनएमबी सहारा बचत खाता अन्तर्गत विभिन्न १८ वटा गम्भिर रोग र दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम १० लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने भएको छ। यसका साथै बैंकले यस निक्षेप योजनामा ७ प्रतिशत व्याज उपलब्ध गराउने छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री