काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कुमार घिमिरेले संस्थाको संचालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराई समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
कम्पनीका तत्कालीन सीईओ टीका निधि लोहनीले राजीनामा दिएपछि कम्पनीको फागुन २८ गते बसेको संचालक समितिको बैठकले घिमिरेलाई २०८२ सालको वैशाख १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसअघि घिमिरे गोर्खाज फाइनान्सको सीईओको जिम्मेवारीमा रहेका थिए। उनी नेपाल राष्ट्र बैंकका सेवा निवृत्त कर्मचारी समेत छन् । लामो समयको बैंकिङ अनुभव तथा नेतृत्व क्षमताका आधारमा कम्पनीले घिमिरेलाई सीईओमा नियुक्त गरेको जनाएको छ ।
तपाईंको प्रतिकृया




