काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका-२ लोतीमा स्काभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चंखेली गाउँपालिका-२ का ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवम् डिएसपी शंकर पोखरेलले जानकारी दिए ।
स्काभेटर मुगु छायाँनाथ नगरपालिका-१४ का नन्दलाल बडुवालको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । गए राति भएको दुर्घटनामा स्काभेटर चालकको अवस्था भने सामान्य छ । अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईंको प्रतिकृया




